9 Feb, 2026, Mon ddcmorang@gmail.com (+९७७)-०२१४४२३०७
समाचार:
ऐन, नियमावली, कार्यविधि
स्थानीय तहका असल अभ्यासहरु

बारम्बार सोधिने प्रश्नहरु

जिल्ला समन्वय समितिको काम,कर्तव्य र अधिकार सम्बन्धी कानूनी व्यवस्था : तीन तहका सरकारबीच प्रभावकारी रुपमा समन्वयकारी भूमिकामा रहेको जिल्ला समन्वय समितिलाई कानूनी रुपमा प्राप्त काम,कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थाहरु देहाय अनुसार रहेका छन । संवैधानीक व्यवस्था : नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७)मा जिल्ला सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था गरिएको छ।  जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने,  विकास तथा निर्माण सम्बन्धी काममा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने,  जिल्लामा रहने सङ्घीय र प्रदेश सरकारी कार्यालय,गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने,  प्रदेश कानुन बमोजिमका अन्य कार्य गर्ने । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पादन गर्ने व्यवस्था समेत रहेको छ ।

योजना, नीति, कार्यक्रम तथा आयोजनाहरुमा लगानी तथा स्रोत साधनको प्रवाह समुचित ढंगले भएको छ कि छैन र कार्य तालिका अनुसार क्रियाकलापहरुको कार्यान्वयन भई लक्षित प्रतिफल प्राप्त भएको छ/छैन भनी विभिन्न तहका व्यवस्थापन वा व्यवस्थापनले तोकेका व्यक्ति तथा निकायबाट निरन्तर र आवाधिक रुपमा निगरानी राख्ने कार्यलाई अनुगमन भनिन्छ । कार्यान्वयन गरिएका योजना, नीति, कार्यक्रम तथा आयोजनाहरु हालको समयमा के कति सान्दर्भिक लाभदायी र प्रभावकारी छन् तथा के कस्ता उपलब्धी एवं प्रभावहरु हाशिल भएका छन् भन्ने कुराको आन्तरिक र बाह्य मूल्यांकन कर्ताबाट उद्देश्यपूर्ण र व्यवस्थित तरिकाले लेखाजोखा गर्ने कार्यलाई मूल्यांकन भनिन्छ ।
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ माघ २५ गते आइतबार